२०८१ माघ ४ गते शुक्रवार | 2025 January 17th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपति पौडेलद्वारा ५ देशमा नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज नियुक्त भएकाहरुको केही समयअघि नै संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भइसकेको थियो ।

8-28__आवासीय राजदूत नियुक्ति_2081-Scan_20241213

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस