२०८१ माघ ४ गते शुक्रवार | 2025 January 17th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतको तमिलनाडुमा भारी वर्षा, विद्यालय बन्द गर्ने घोषणा

Heavy rain in Chitwan

काठमाडौं । भारतको तमिलनाडु राज्यमा भारी वर्षाका कारण मदुरै, तिरुनेलवेलीलगायत धेरै जिल्लामा शुक्रबार विद्यालय बन्द गरिएको छ । पुडुचेरीमा पनि विद्यालय बन्द रहनेछ ।

अंग्रेसी पत्रिका द हिन्दुका अनुसार, मदुरै र मायेलादुतुराईबाहेक अरू प्रभावित जिल्लाका कलेक्टरले पनि शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार, तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा डुबान भएको छ ।

बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ । डिसेम्बर १३ सम्म (आज) यस्ता धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागका अनुसार, बंगालको खाडीमा बनेको न्यून चापका कारण डिसेम्बर १३ सम्म तमिलनाडुमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस