२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनपीएल: कर्णाली याक्सको रोमाञ्चक जित, लुम्बिनी लायन्स ५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई  ५ रनले पराजित गरेको छ।

कर्णाली याक्सले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा १२३ रन मात्रै जोड्न सक्यो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।

ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल ३ रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा ८ रनमा आउट भए । कप्तान सोमपाल कामीले ७ रन जोडे ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस