२९ मंसिर, काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीषक डीआइजी प्रहरी अतिरिक्त महानिरीषक एआइजीमा बढुवा सिफारिस भएका छन् । दुर्गा सिंह र भरतबहादुर बोहराको शुक्रबार बढुवा सिफारिस भएको हो । एआइजीद्वय केदार ढकाल र भिमप्रसाद ढकालले अवकाश पाएपछि रिक्त पदमा उनीहरुको बढुवा सिफारिस भएको हो ।
गृहसचिव गोकर्णमणि दुवाडी अध्यक्षताको सिफारिस समितिले दुई जनाको नाम बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस भएकामध्ये बोहरा करिब एक साता मात्र पदमा रहने छन् । सिफारिस भएको एक सातासम्म उजुरीको समय हुने एआइजीको बढुवाको मन्त्रिपरिषद्बाट हुने भएकाले बढुवा हुन ८,१० दिन लाग्ने छ । उनले १४ पुसमा उमेर हदका कारण अवकाश पाउने छन् ।