२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनपीएलमा आज दुई खेल हुँदै : पहिलो खेलमा काठमान्डु र पोखरा भिड्दै

२९ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल आज दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिड्दै छन् । प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ ।

अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ । आज दिउँसो १ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्दैछ ।

तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्वपूर्ण छ । अंक तालिकाको पहिलो स्थानमा रहेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । प्लेअफको सम्भावना कायम राख्न आज जनकपुर बाहेक बाँकी तीन टिमलाई जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस