२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मौसम पूर्वानुमान : आज तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

२९ मंसिर, काठमाडौँ । आज पनि तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पनि सामान्य छ । सामान्यतया आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा भने आंशिक बदली रहनेछ । राति देशभर मौसम सफा रहने महाशाखाले जजनाएको छ ।

आइतबार पनि मौसम सफा नै रहनेछ । पुस १ गते सोमबार भने केही ठाउँमा बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

#पूर्वानुमान

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस