२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनकपुरले एनपीएलको उपाधि जितेको खुशियालीमा भोलि बिदा दिने निर्णय (सूचनासहित)

काठमाडौं । जनकपुर बोल्ट्स्ले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्दै मधेश प्रदेशको नाम राखेको खुशीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आईतबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाको कार्यपालिकाको निर्णयअनुसार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्य चौकीमा (अतिआवश्यक सेवाबाहेक) १ दिनको स्थानीय बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताए ।

गाउँपालिकाका अध्यक्ष यादवले जनकपुर बोल्ट्स्को ऐतिहासिक जीतले मधेश प्रदेशको गौरव बढाएको भन्दै विशेष उत्सवका रूपमा मनाउन स्थानीय बिदा दिने निर्णय भएको बताए । एनपीएलको जीतले मधेश प्रदेश मात्र नभई सिंगो नेपालको खेलकुदमा एउटा नयाँ इतिहास र सम्भावनाको ढोका खोलेको अध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस