
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सयले घटेको छ। आज सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार