२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतमा अन्तर्राष्ट्रिय कलका लागि नेपाल टेलिकमले जारी गर्‍यो नयाँ दर

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा नेपाल टेलिकमले लागू गरेको नयाँ दरअनुसार एक्सेस कोड १४२४ प्रयोग गरेर भारतमा कल गर्न प्रतिमिनेट शुल्क ३.७६ रुपैयाँ निर्धारण गरिएको छ । यो कर बाहेकको दस्तुर हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भारतमा सस्तो दरमा कल गर्न लागि लागू विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ मार्फत हुने बाह्यगमन कलको महसुल दर परिमार्जन गरेको छ । नयाँ दर २०८१ पुस १५ गते राति १२ बजेदेखि लागू हुने कम्पनीले जनाएको छ ।

एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरी भारतमा हुने कलका लागि पल्स ड्युरेसन ६० सेकेन्ड निर्धारण गरिएको पनि कम्पनीले जनाएको छ । नेपाल टेलिकमले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय कल सस्तो र सहज बनाउने उद्देश्यले यो नयाँ दर सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

भारतमा कल गर्ने सेवामा नयाँ दर लागू भएसँगै ग्राहकहरूले सुलभ दरमा सेवा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै टेलिकमले यस्ता योजनाहरूलाई निरन्तर परिमार्जन गर्दै लैजानेछ ।

 

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस