
१५ पुस, काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाल रिहा भएका छन् । ७ पुसमा पक्राउ परेका जंगम र दाहाललाई गत शुक्रबार रिहा गरिएको खुल्न आएको छ ।
सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएर उनीहरू रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो । उनीहरुलाई भने पैसा तिरेपछि उन्मुक्ति दिइएको छ । अरुले तिर्छु भन्दापनि मुद्दा अघि बढाइएको छ । यो सहकारी पीडितको रकम फिर्ता नगर्ने सरकारको रणनीति हो एक पीडितले भनेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा उनीहरूलाई गत शुक्रबार रिहा गरिएको हो । जंगम साई स्वाग सहकारीका अध्यक्ष हुन् भने दाहाल तत्कालीन कोषाध्यक्ष हुन् ।
प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार