२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

एनपिएल हेर्न आइपुगे वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आइपुगेका छन्।

नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि आज नै टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

लाराले वेस्टइन्डिजका लागि एक सय ३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने दुई सय ९९ एकदिवसीय खेलमा १० हजारभन्दा धेरै रन बनाएका छन्। उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी जितेका थिए।

एनपीएलमा लिग चरणका खेलहरू सञ्चालन भइरहेका छन्। प्रतियोगिताको ३२ मध्ये बिहीबारसम्म २१ खेल सम्पन्न भइसकेको छ। जसमा जनकपुर बोल्ट्सले प्लेअफमा स्थान सुरक्षित गर्दा लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरिने पहिलो टोली बनेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस