२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालका चर्चित क्रिकेटर दाजुभाई आसिफ शेख र आरिफ शेखले एकै दिन बिहे गर्दै, मनाए हल्दी समारोह

aasif sheikh aarif sheikh

काठमाडौं । नेपाली चर्चित क्रिकेटर दाजुभाइ आसिफ शेख र आरिफ शेखले एकै दिन आफ्नो हल्दी समारोह मनाएका छन् । उनीहरुले एकै दिन विवाह गर्दैछन् । दुबै जनालाई वैवाहिक जीवन प्रवेश गर्न लागेकोमा धेरै धेरै शुभकामना ।

आरिफले सबाना खातुनसँग र आशिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार विवाह बन्धनमा बाँधिन लागेका हुन्। विवाहपछिको रिसेप्सनका लागि अहिले उनीहरूले धमाधम कार्ड बाँडिरहेका छन्। उनीहरूको विवाहको रिसेप्सन भने पुस २० गते वीरगञ्जमा हुँदैछ।

आरिफ र आसिफ दुवै राष्ट्रिय क्रिकेट टोलीका सेन्ट्रल कट्याक्टमा रहेका खेलाडी हुन्। भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा आरिफ सुदूरपश्चिम रोयल्सबाट र आशिफ जनकपुर बोल्ट्सबाट खेलेका थिए।

एनपीएलको फाइनलमा यी दुवै टोलीबीच भएको उपाधि भिडन्त भने आशिफ मार्की प्लेयर रहेको जनकपुर बोल्ट्सले उपाधि जितेको थियो। एनपीएलको फाइनलको तयारीमा आरिफ र आशिफ लाग्दै गर्दा उनका बुवा मोहम्मद सलाम शेख भने छोराहरुको विवाहको तयारीमा थिए।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस