
मेरो नाम आरोही आचार्य हो । म कक्षा दुईमा पढ्छु । मलाई र भाइलाई मामु बाबाले पूर्णबहादुरको सारङ्गी भन्ने फिल्म देखाउन हलमा लैजानुभएको थियो । सुरुमा त हामीले टिकट नै पाएका थिएनौँ । तर पछि बाबाले टिकट मिलाउनु भएपछि हामीले फिल्म हेर्न पायौं ।
यो फिल्म मलाई एकदमै राम्रो लाग्यो । यो फिल्मले पूर्ण बहादुर भन्ने गरिब मान्छेको कथा भन्छ । उहाँको एउटा छोरा हुनुहुन्छ, छोराको नाम कमल हो । कमलको आमाले छोडेर गएपछि उहाँले छोरालाई माया गरेर हुर्काउनुहुन्छ । उहाँले सारङ्गी बजाएर पैसा कमाउँदै आफ्नो छोरालाई डाक्टर पढ्न सहर पठाउनुहुन्छ ।
एक दिन उहाँलाई केही मानिसहरुले मन्दिरमा सारङ्गी बजाउँदा धकेलिदिन्छन् र उहाँको घाँटीमा चोट लाग्छ । त्यसपछि उहाँ बोल्न सक्नुहुन्न । त्यतिखेर मलाई साह्रै रुन मन लागेको थियो । पछि कमल डाक्टर बनेर गाउँ आउँदा उहाँ बितिसक्नुभएको हुन्छ।
यो फिल्म हेर्दा हलमा कोही मानिसहरु रोइरहनुभएको थियो । यो फिल्म हेरिसकेपछि मैले कमल जस्तै ज्ञानी बनेर पढ्नुपर्छ भन्ने सिकेँ, अनि बाबा–आमाले भनेको मान्नुपर्छ र उहाँहरुलाई माया गर्नुपर्छ भन्ने पनि सिकेँ।
आरोही आचार्य
कक्षा २
भानुभक्त मेमोरियल विद्यालय पानीपोखरी, काठमाडौं ।