
मेरो नाम गेल्मु लामा शेर्पा हो । तिहारको बिदामा म मेरो परिवारसँग नेपाली फिल्म पूर्ण बहादुरको सारङ्गी हेर्न गएँ । म विश्व ज्योति हलमा गएको थिएँ । त्यहाँ एकदमै भिड थियो । मलाई यो फिल्म राम्रो लाग्यो ।
पूर्ण बहादुरको सारङ्गी फिल्ममा पूर्णबहादुरको दुःख देखाइएको थियो । उहाँको एउटा छोरा कमल निकै ज्ञानी हुनुहुन्छ र धेरै पढ्न खोज्नुहुन्छ । उहाँको डाक्टर बन्ने चाहना हुन्छ । छोरालाई डाक्टर बनाउन उहाँको बाबाले धेरै दुःख गर्नुहुन्छ । कमल पनि धेरै पढेर डाक्टर बन्नुहुन्छ ।
कमलको बाबाले धेरै दुःख पाएको देखेर मलाई नराम्रो लागेको थियो । मेरो मामु, ठुलो मामु र आमा त हलमा धेरै रुनुभएको थियो । यो फिल्म हेरेपछि मैले बाबा–आमाले भनेको मान्नुपर्छ र पढाइ भन्दा ठूलो कुरा केही होइन रहेछ भन्ने सिकेँ।
गेल्मु लामा शेर्पा
कक्षा २
भानुभक्त मेमोरियल विद्यालय
पानीपोखरी, काठमाडौं।