२०८२ जेष्ठ ८ गते बुधवार | 2025 May 21st Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्ण बहादुरको सारङ्गीबाट सन्तानका लागि आमा–बाबाले धेरै दुःख गर्नुहुँदो रहेछ भन्ने सिकेँ – प्रदेशीका अधिकारी (कक्षा २)

मेरो नाम प्रदेशीका अधिकारी हो । मैले मामु र बाबासँग शनिबार बिदाको दिन नेपाली फिल्म पूर्ण बहादुरको सारङ्गी हेरेँ । मलाई यो फिल्म एकदमै मनपर्यो । मेरो मामु र बाबालाई पनि यो फिल्म निकै मनपर्यो ।

उहाँहरु त धेरै रुनु पनि भयो । म चाहिँ अलिअलि मात्र रोएँ । यो फिल्ममा एउटा गरिब गाइने पूर्णबहादुरको दुःखको कथा छ । पूर्णबहादुरको एउटा छोरा हुन्छ । उहाँले छोरालाई धेरै पढाएर डाक्टर बनाउन चाहनुहुन्छ, तर उहाँसँग पैसा हुँदैन । अनि गाउँ–गाउँ गएर सारङ्गी बजाउँदै मागेर पैसा जम्मा गर्नुहुन्छ र छोरालाई डाक्टर पढाउनुहुन्छ ।

उहाँले धेरै दुःख गरेर आफ्नो छोरा कमललाई डाक्टर बनाउनुहुन्छ, तर उहाँले कमल डाक्टर बनेको देख्न पाउनुहुन्न । उहाँ बित्नुहुन्छ। त्यो बेलामा मलाई साह्रै नराम्रो लागेको थियो र म रोएकी थिएँ । यस फिल्मले हामीलाई हाम्रा आमा–बाबाले हाम्रो लागि धेरै दुःख गर्नुभएको हुन्छ र हामीले राम्ररी पढेर उहाँहरुलाई खुशी पार्नुपर्छ भन्ने कुरा सिकेँ।

प्रदेशीका अधिकारी
कक्षा २
भानुभक्त मेमोरियल विद्यालय,
पानीपोखरी काठमाडौं ।

 

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस