२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूलवश नाबालिगलाई वयस्कको सजाय, २५ वर्षपछि सर्वोच्चको आदेशमा रिहा

One hundred prisoners sick in Chitwan Jail

एक सैनिक अधिकृतको परिवारका तीन सदस्यको जघन्य हत्यामा दोषी ठहर भई मृत्युदण्ड पाएको दुई दशकपछि, भारतको सर्वोच्च अदालतले बुधबार ओमप्रकाश उर्फ ​​इजरायललाई तत्काल रिहा गर्न आदेश दिएको छ। नोभेम्बर १९९४ मा हत्या गर्दा उनी १४ वर्षका नाबालिग थिए। यो घटना भारत, उत्तराखण्डको हो।

न्यायाधीशद्वय एमएम सुन्दरेश र अरविन्द कुमारको इजलासले यसलाई ‘न्यायिक संयन्त्रले किशोरावस्थाको निवेदनलाई बेवास्ता गर्दा गम्भीर अन्याय भएको’ मुद्दा भनेका छन्।

ओमप्रकाशले हरेक सुनुवाई र अदालतमा नाबालिगको निवेदन उठाएका थिए, तर अदालतले हरेक पटक बेवास्ता गर्दै आएको थियो। उनले आफ्नो स्कूलको प्रमाणपत्रसहितका प्रमाण पेश गरे, जसले उनको उमेर १४ वर्ष भएको पुष्टि गर्छ।

इन्डियन एक्सप्रेसका अनुसार जेलमा उनको आचरण सामान्य रहेको र कुनै प्रतिकूल रिपोर्ट नभएको बताइएको छ। तर उनले समाजमा पुनः घुलमिल गर्ने अवसर गुमाएका छन्। अदालतले ओमप्रकाशलाई दोषी ठहर गर्दै बाल न्याय ऐन अनुसार माथिल्लो सीमाभन्दा बढीको सजाय खारेज गरेको हो।

उनलाई देहरादूनमा कर्नेल श्यामलाल खन्नाको परिवारको हत्या गरेको आरोप लागेको थियो, जहाँ उनी माली/नोकरको रूपमा कार्यरत थिए। हत्याको कारण उनलाई कामबाट निकाल्ने निर्णयपछिको बदला मानिएको छ।

उनलाई नोभेम्बर १९९९ मा जलपाईगुडीबाट गिरफ्तार गरिएको थियो, र मृत्युदण्डको सजाय पाएका थिए, जुन पछि जन्मकैदमा परिणत भयो।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस