२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोविता भन्छिन्, राज्यले सबै बल लगायो, तर अदालतले सबै नेपालीमा विश्वास जगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्ने आदेश दिएपश्चात रास्वपा नेतृ एवं सांसद सोविता गौतमले अदालतले सबै नेपालीमा विश्वास जगाएको दाबी गरिन् । कानून व्यवसायीसमेत रहेकी गौतमले रविको पक्षमा अदालतमा बहस समेत गरेकी थिइन् । उनले राज्यले सबै बल लगायो तर अदालतले सबै नेपालीमा विश्वास जगाएको बताइन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै गौतमले अदालतको आदेशको स्वागत र सम्मान गर्ने बताइन् । राज्यले जबरजस्ति बल प्रयोग गर्न खोजेको तर अदालतले स्वतन्त्ररुपमा आफ्नो भूमिका निभाएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस