२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग सुचारु

East-West Highway Resumes After Dumkibas Bridge Collapse

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भाँचिदा अवरुद्ध सडक डाइभर्सन निर्माणपछि आंशिक सञ्चालनमा आएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि बीचमै अलपत्र परेका यात्रु तथा सवारी साधनलाई गन्तव्यतर्फ पठाउन डाइभर्सन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । डाइभर्सन निर्माणसँगै साँझ करिब ७ बजेदेखि ठूला तथा साना सवारीका साधन चल्न सक्ने भएका हुन् । डाइभर्सनलाई थप सहज बनाउनका लागि थप निर्माण कार्य भने जारी रहेको छ ।

पुल भासिएपछि भारतीय मालबहाक ट्रकको ओभरलोडका कारण पुल भाँचिएको भन्दै सर्वत्र आलोचना भएका छन् । नेपालका ढुवानी व्यवसायी तथा विभिन्न संघ-संस्थाहरुले भारतीय मालबहाक ट्रकहरु सडक क्षमताभन्दा ओभरलोड हुने गरेको भन्दै नियन्त्रण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

शुक्रबार पनि पुलमा मालबहाक भारतीय ट्रक (लरी) गुडिरहेको समयमा पुल भासिएको थियो । नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । सोही पुल भाँचिदा राजमार्ग अवरुद्ध बनेको थियो ।

 

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस