काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो । यता, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार ८४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार