२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले ल्यायो अध्यादेश, एनआरएनएलाई नेपाल बस्न १० वर्ष भिसा निःशुल्क

२६ पुस, काठमाडौं । गैर आवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म भिसा निःशुल्क गरिने भएको छ । सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो केही झन्झटिला कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो ।

उक्त अध्यादेशमार्फत संशोधन हुने कानुनमा एनआरएनलाई १० वर्ष नेपालमा रहँदा भिसा निःशुल्क हुने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

 

 

एनआरएनए

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस