२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुहबी ६ मा १०० भन्दा बढी नेता तथा कार्यकर्ता बिभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

इटहरी | नेकपा एमाले दुहबी नगरपालिका वडा नम्बर ६ को दोस्रो वडा अधिवेशन सम्पन्न भई १ सयभन्दा बढी जनाले पार्टी प्रवेश गरेका छन्। अधिवेशनले नयाँ कार्यसमिति गठन गर्दै पार्टीलाई आगामी गतिविधिमा थप सशक्त बनाउने निर्णय गरिएको छ।

नेकपा एमाले दुहबी वडा नम्बर ६ का अध्यक्ष श्यामदेव गोस्वामीको अध्यक्षता तथा पूर्वमन्त्री एवं संघीय सांसद भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १ सयभन्दा बढी व्यक्तिले नेकपा एमालेमा प्रवेश गरे।

अधिवेशनले शचितानन्द मिश्रलाई वडा नम्बर ६ को अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। त्यस्तै, उपाध्यक्षमा शोमरथ ठाकुर, सचिवमा राजेश मण्डल, उपसचिवमा रमेश अग्रवाल र सीता शर्मा चयन भएका छन्। कार्यसमितिमा २९ जना सदस्य सर्वसम्मतिले निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष शचितानन्द मिश्रले “मिसन २०८४” लाई सफल पार्न पार्टीका सबै पदाधिकारीहरू एकजुट भई सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री भगवती चौधरीले मिसन २०८४ लाई सफल बनाउन नेकपा एमालेका सबै तहका नेताहरूले योगदान गर्नुपर्ने बताउँदै पार्टी संगठनलाई थप मजबुत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले विपन्न नागरिकहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले २० थान न्यानो कपडा वितरण गर्नु भएको थियो।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमीटी सदस्य दुहबी इन्चार्ज आविद हुसेन ,नेकपा एमाले कोशी प्रदेश कमीटी सदस्य बर्जु इन्चार्ज प्रदिप चौधरी ,नेपाल एमाले गढी गाउँपालिका इन्चार्ज तथा नेकपा एमाले कोशी प्रदेश सदस्य माया पोख्रेल नेकपा एमालेमा आबद्ध पदाधिकारीहरू लगाएतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस