२०८१ चैत्र १३ गते बिहिवार | 2025 March 27th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

”डिभोर्स र हिंसा” को चर्चा बारे गायिका एलिना चौहानको यस्तो छ प्रतिक्रिया

Singer Elina Chauhan accused of theft

काठमाडौं । चर्चित गायिका एलिना चौहानको वैवाहिक जीवनमा दरार आएको चर्चा एक कान दुई कान मैदान भइरहेको छ । वैशाखमा बागलुङका विष्णु सापकोटासँग विवाह गरेकी एलिनाले एक बर्ष नपुग्दै चोट भोग्नु परेको हो की भन्ने चिन्ता सबैतिर छ । उनी हाल व्यक्तिगत जीवनबारे उठेका प्रश्नहरूसँग सामना गरिरहेकी छिन्।

गायिका ज्याति मगरको हिंसासम्बन्धी एक फेसबुक स्टाटसले यो चर्चा झनै बलियो बनायो । यद्यपि स्टाटस केही समयमै हटाइएको थियो। यसको सत्यतासँग कुनै प्रमाण नभएपनि केही मिडियाले अनुमान लगाइरहेका छन् । तर हामी यो विषयमा केही भन्न चाहान्नौं । मात्र ‘सम्बन्ध विच्छेद’को खबर बाहिर आएपछि यसमा हामीले चासो राखेका थियौं ।

डिभोर्सको विषयमा एलिनासँग सोध्दा उनले आफूले हाल कुनै प्रतिक्रिया दिन नचाहेको बताइन्। ”यी कुराले मलाई टर्चर भइरहेको छ। सार्वजनिक ठाउँमा यस्तै प्रश्नहरू सोधिन्छन्। अहिले म यसबारे केही बोल्दिन,” उनले भनिन्।

उनले श्रीमान् हाल अस्ट्रेलियामा रहेको र आफू नेपालमै विभिन्न कन्सर्टमा व्यस्त रहेको जानकारी दिइन्। माघ महिनामा मात्रै उनका २०–२५ कार्यक्रम तय भएका छन्। उनले हाल उठिरहेका व्यक्तिगत जीवनका चर्चाप्रति असन्तुष्टि व्यक्त गरिन् । तर परिस्थितिबारे धेरै खुलासा गर्न चाहिनन्। उनको व्यक्तिगत गोपनीयतालाई हामी सम्मान गर्छौे ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस