सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं २ अन्तर्गत औरवानी पश्चिम टोल र गढी टोलका २०० विपन्न परिवारलाई न्यानो कपडा (फाइवर सिरक) वितरण गरिएको छ।

पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहर सँगै चिसो अत्यधिक बढेपछि मेट लाइफ इन्सुरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले आयोजना गरेको हो भने कार्यक्रमको संयोजन फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गरेको थियो ।

कार्यक्रममा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री माननीय भगबती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो. अतिथिहरूमा गढी गाउँपालिका अध्यक्ष आस नारायण चौधरी, गढी २ नं वडाका वडा अध्यक्ष प्रभाकर माझी, मेट लाइफ इन्सुरेन्स कोशी प्रदेस कार्यालयका प्रमुख जितेन्द्र कार्की र निराजन बुढाथोकी मेट लाईफ कोशी प्रदेस कार्यालयका प्रतिनिधि, जितेद्र कार्की मेट लाईफ कोशी प्रदेस कार्यालयका विराटनगरका प्रतिनिधि निराजन बुढाथोकीको उपस्थिति रहेको थियो ।

उसो त आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारको आर्थिक उन्नतिको निम्ति विभिन्न कार्यक्रम लिएर सांसद चौधरी बस्ती बस्तीमा गैरहनु भएको हुन्छ । गत वर्ष पनि चिसो बाट बच्न यस क्षेत्रका करिब एक हजार विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको थियो तराइमा सित लहरले जनजीवन कष्टकर बनिरहेको बेलामा न्यानो कपडा ( फाइवर सिरक) वितरणको निम्ति सांसद चौधरीले नै पहल गरेर कार्यक्रम आफ्नो क्षेत्रमा ल्याउनु भएको हो ।

कार्यक्रममा बोल्दै सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरूको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र विकास निर्माणका कार्यहरूमा भए गरेका कार्य प्रगतिको आफूले अनुगमन र मूल्याङ्कन गरिरहेको जानकारी गराउनु भयो ।

