
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ आजदेखि मलेसियामा सुरू हुँदैछ। नेपालको महिला टोलीले पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ। खेल बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सुरू हुनेछ।
कप्तान पुजा महतोको नेतृत्वमा रहेको नेपाली टोलीले बंगलादेशसँग एसिया कपमा भएको हारको बदला लिन प्रयास गर्नेछ। मौसम बदलीयुक्त रहने र वर्षाको सम्भावना रहेकोले खेलको नतिजामा टसको महत्त्वपूर्ण भूमिका हुने अनुमान छ।
प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार