२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्णबहादुरको सारंगीबाट विजय बराललाई सवा करोड बोनस, निर्माण कम्पनी भने विवादमा

काठमाडौं । चलचित्र पूर्णबहादुरको सारंगीले बक्स अफिसमा २५ करोडको मुनाफा कमाएको छ। मुख्य कलाकार विजय बरालले पारिश्रमिकका रूपमा चार लाख र ५% सेयर लिएका थिए । जसबाट उनले सवा करोड बोनस पाउने भएका छन् ।

निर्माता विनोद पौडेलले भने, “कथा मन परेकाले बरालले न्यून पारिश्रमिकमा काम गरे। चलचित्रले २५ करोडको नेट मुनाफा कमाएपछि उनले ५% हिस्सा पाउने छन्।”

चलचित्र निर्माण कम्पनी सेभेन सिज इन्टरटेनमेन्ट भने विवादका कारण बन्द हुने स्थितिमा छ। पौडेल व्यक्तिगत प्रयासमा प्राविधिकलाई बोनस बाँड्ने र सक्सेस पार्टी आयोजना गर्ने तयारीमा छन्।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस