
काठमाडौं । प्रेमी–प्रेमिका हुँदै श्रीमान् श्रीमती भएका छवि ओझा र उनकी चौथो श्रीमती शिल्पा पोखरलेको मानाचामल (अंश मुद्दा) ले किनारा पाएको छ ।
काठमाडौंको गौरिघाटस्थित घर शिल्पालाई दिएर छविले शिल्पासँगको सम्बन्ध अन्त्य गरेका हुन् । करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुईतले घर छाडेर छवि भने डेरामा सरेका छन् । घरको मूल्य पाँच करोड भन्दा माथी छ ।
प्रेमी प्रेमिका हुँदै श्रीमान् श्रीमती भएका छवि र शिल्पा लिभिङ टुगेदरमा बसेका छवि र शिल्पाले २०७३ मा असार २९ मा गोप्य बिबाह गरेका थिए । छविभन्दा शिल्पा ३० वर्ष कान्छी छिन् ।
उनीहरुबाट सन्तान भने भएका छैनन् । शिल्पा छविकी चौथो श्रीमती हुन् । यसअघि छविले हिमा, गीताञ्जली सुनुवार र रेखा थापासँग बिहे गरेका थिए । नेपालको कानून अनुसार कानूनी रुपमा मानाचामल लिएर छुट्टिएपछि अर्को बिहे गर्न पाइन्छ । यसैले अब छबि पाँचौ बिहे गर्न योग्य भएका छन् ।