
काठमाडौं । एक रशियन पर्यटक जो सेल्फी खिच्न आउनेहरु बाट हैरान भएकी थिइन् । उनको सु्न्दरताले अधिकांश मानिस मोहित भइरहेका छन् । फोटो खिच्नेहरुको बारम्बार अनुरोध गर्दा थाकिसकेकी उनले नयाँ आइडिया लाइन् । उनले कसैसँग सेल्फी खिचिदिनुपर्ने हो भने, प्रत्येक भारतीयले १०० रुपैयाँ प्रति सेल्फी तिर्नुपर्ने बाध्य नियम बनाइन् ।
उनले कागजमा १ सेल्फी, १०० रुपैयाँ लेखेको कार्ड बोर्ड नै बोकेर हिड्न थालिन् । तर अचम्मको कुरा मानिसहरू खुशी साथ उनको सर्त मानिरहेका छन् । अझ सेल्फी खिच्नेहरु बढेका छन् । उनी भन्छिन् यसरी भारतीयहरु सुन्दरी विदेशीका साथ फोटो खिच्न पाउँदा त झनै मख्ख पो पर्ने रहेछन् । उनले पैसापनि खुबै कमाइरहेकी छिन् ।
अझ उनका यी भिडियो भाइरल भएका छन् । संसारभरका इन्टरनेट प्रयोगकर्ताहरूले उनको स्मार्ट सोचको प्रशंसा गरिरहेका छन् । विश्वभरका मिडियालेपनि समाचार पस्किरहेका छन् ।