
गायिका समीक्षा अधिकारी र ज्योति मगर आमुन्ने सामुन्ने भइरहेका छन् । श्री एयरलायन्सबाट धोका पाएको भन्दै समीक्षाले लेखेको स्टाटस्मा अर्की गायिका ज्योति मगरले जवाफ फर्काएपछि यी दुईको पक्ष र विपक्षमा सामाजिक सञ्जाल विभाजित बनिरहेको छ ।
गत आइतबार समीक्षाले लेखेको स्टाटस्लाई लक्षित गर्दै ज्योतिले कटाक्ष गरेकी थिईन् । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ । आलोचन भएपछि ज्योतिले प्रष्टीकरणसमेत दिएकी थिईन् ।
आज फेरि समीक्षाले सांकेतिक कटाक्ष गरेकी छन् । उनले फेसबुकमा जहाज अगाडि खिचेको तस्बिर पोस्ट गरेर लेखेकी छिन्– दुश्मन हेरेको हेर्यै । यो दुर्गेश थापा र समीक्षाले गायको अहिलेको हिट गीतको बोल हो । तर स्मरणीय कुरा के छ भने ज्योतिले अहिलेको नियम जहाज अगाडी फोटो खिच्न नमिल्ने छ बुझ भन्दै पाखे समेत भन्न भ्याएकी थिइन् ।