२०८१ चैत्र १३ गते बिहिवार | 2025 March 27th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेलाई एकसाता अघि नै कारबाही गरेको खुल्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई अनुशासन कारबाही गरेको छ। जय ट्रफी एलिट कपका बेला अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले २ (७) आर्टिकलअनुसार उनलाई एक खेलको निलम्बनको कारबाही गरेको हो।

कारबाहीको पत्र एक साताअघि नै पठाइएको भए पनि सन्दीपले माघ ६ गते फेसबुकमा लेखेको स्टाटसले चर्चा पाएको छ। स्टाटसमा उनले समर्थकप्रति धन्यवाद व्यक्त गर्दै लेखेका थिए, तपाईंहरूको माया र प्रोत्साहन मेरो लागि संसारको ठूलो अर्थ हो । यो स्टाटसलाई सन्याससँग जोडेर विभिन्न टिप्पणी भइरहेका छन्।

 

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस