२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शपथलगत्तै ट्रम्पद्वारा आपतकाल घोषणा: थर्ड जेण्डर हटाइयो, ट्यारिफबारे ठूला घोषणा [ यी १२ आदेश ]

काठमाडौं । डोनाल्ड ट्रम्पले २०२५ जनवरी २० मा अमेरिकाको ४७औँ राष्ट्रपति पदको शपथ लिए। विभिन्न मुद्दा, महाभियोग र आक्रमण झेलेर सत्ता पुनः हात पारेका ट्रम्पको शपथ ग्रहण क्यापिटल हिलभित्र सम्पन्न भयो। अत्याधिक चिसोका कारण ४० वर्षमा पहिलोपटक यस्तो समारोह इनडोर आयोजना गरियो। उपराष्ट्रपति जेडी वेंसले पनि शपथ लिए।

ट्रम्पले शपथपछि अमेरिकाको दक्षिणी सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा गरे। जहाँ मेक्सीको छ । अवैध आप्रवासी रोक्न सेनाको तैनाथी, रिमेन इन मेक्सिको नीति पुनः लागु, क्याच एन्ड रिलिज अन्त्य र अपराधी गिरोहलाई विदेशी आतंकवादी समूह घोषणा गर्ने निर्णय उनले सुनाए।

यी प्रमुख घोषणाहरू
-दक्षिणी सीमामा राष्ट्रिय आपतकाल लागू।
-थर्ड जेण्डरको अन्त्य, अब केवल पुरुष र महिला।
-विदेशी गिरोहलाई रोक्न १९७८ को विदेशी शत्रु ऐन लागू।
-वाक स्वतन्त्रताको प्रवर्द्धन गर्दै सेन्सरशिपमा रोक।
-गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गरी गल्फ अफ अमेरिका।
-पनामा नहर पुनः अमेरिकाको नियन्त्रणमा ल्याउने प्रतिबद्धता।
-विदेशी उत्पादनमा ट्यारिफ बढाएर नागरिकलाई करको राहत दिने योजना।
-कोभिड नियम उल्लंघनकै कारण निकालिएका कर्मचारीलाई पुनः बहाली र मुआब्जा।

ट्रम्पले आफ्नो भाषणमा अमेरिकालाई पुनः समृद्ध र स्वतन्त्र बनाउने वाचा गर्दै भने, मेरो जीवन अमेरिका महान बनाउनका लागि सुरक्षित राखिएको छ। हाम्रो प्रशासनले अमेरिका फस्ट नीति पालना गर्नेछ। उनले पनामा नहरलाई मूर्खतापूर्ण रूपमा पनामालाई सुम्पिएको बताउँदै चीनको नियन्त्रणबाट फर्काउने लक्ष्य राखेको उल्लेख गरे। ट्रम्पले भने, आजबाट हामी देशलाई समृद्ध बनाउँदै सम्मानित स्थानमा पु¥याउने छौँ। शपथपछि ट्रम्पले ऐतिहासिक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आफ्नो कार्यकालको सुरुवात गरेका छन्।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस