काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा थप वृद्धि भएको छ। आज सुन तोलामा एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ।
बिहीवारको तुलनामा आज सुन ६ सय बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, चाँदी पनि आज केही बढेर एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार

