२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पुर्पक्षका लागि जेल चलान भएका झाँक्री प्रकाश भुजेल २ लाख धरौटीमा रिहा, कसरी भयो यस्तो !

काठमाडौं । झाँक्री प्रकाश भुजेल २ लाख धरौटी तिरेर रिहा भएका छन्। उच्च अदालत पाटनको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएपछि भुजेल शुक्रबार रिहा भएका हुन्। गत कात्तिक २८ मा काठमाडौंको ब्रम्हखेलमा भुजेलले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो।

जिल्ला अदालत काठमाडौंले भुजेललाई थुनामा राख्न आदेश दिएको थियो । तर, उच्च अदालतले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस