२०८२ असार ३ गते मङ्गलवार | 2025 June 17th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

www.janaboli.com;

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा आफैमाथि गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए।

माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैलाई टाउकोमा गोली प्रहार गरेका थिए।

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

नेपालकै रोचक भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

हिन्दी र अंग्रेजी भाषामा दुनियाँमा के-के आए । पढ्न र हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस