काठमाडौं । प्रयागराजमा आयोजित महाकुम्भमा आज दोस्रो अमृत स्नान (मौनी अमावस्या) छ । यस समयमा महाकुम्भ क्षेत्रमा ठूलो भीड जम्मा भएका कारण भगदौड मचियो। यस दुर्घटनामा १७–१८ जनाको मृत्यु भएको छ । धेरै मानिसहरू घाइते भएका छन्। तथापि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा पूरा एकिन जानकारी दिएको छैन।
एम्बुलेन्स चालकले बताए पूरा घटना
एम्बुलेन्स चालक अवनीश कुमारले बताए कि घाइतेहरूको सही संख्या पत्ता लगाउन सकिएको छैन। उनले बताए कि दुर्घटनामा १७–१८ जनाको मृत्यु भएको छ। यसैबीच, महाकुम्भमा स्नान गर्न आएकी कर्नाटककी एक महिलाले बताइन् कि संगम घाटमा अचानक भीड बढेपछि यो घटना भयो। उनले भनिन्। हामी १६ जना दुई बसमा अमृत स्नान गर्न आएका थियौं। यत्तिकैमा खैलाबैला भयो । मानिसहरु भाग्न थाले । एकले अर्कालाई कुल्चिन थाले ।
कार्यकारी अधिकारीले के भने ?
महाकुम्भमा भगदौडको खबरसँग सम्बन्धित विशेष कार्यकारी अधिकारी आकांक्षा राणाले भनिन्, संगम मार्गहरूमा केही बैरियर टुटेपछि भगदौड जस्तो स्थिति उत्पन्न भयो। केही मानिसहरू घाइते भएका छन्। उनीहरूको उपचार चलिरहेको छ। अहिले सम्म मृत्युको पष्टि भएको छैन । अब स्थिती सामान्य छ ।
अखाडाहरूले शाही स्नान स्थगित गरे
संगम घाटमा भगदौड मच्चिएपछि प्रशासनले अखाडाहरूलाई जुलुस ननिकाल्न अनुरोध गरेको छ। यसकारण १३ अखाडाहरूले मौनी अमावस्याको दिन हुने अमृत स्नान स्थगित गरेका छन्। मिडिया रिपोर्ट अनुसार, अब सबै अखाडाहरू ३ फेब्रुअरी अर्थात् बसन्त पञ्चमीको दिन स्नान गर्न जानेछन्।

