२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

नेपाली महिला र पुरुष दुबै टोली आज खो खो विश्वकपको फाइनल भिड्दै

६ माघ , काठमाडौँ । नेपालका महिला र पुरुष दुवै टोली खोखो आज विश्वकपको फाइनल प्रतिष्पर्धा गर्दैछन् । आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ । नेपाली राष्ट्रिय पुरुष टिमले खो खो विश्वकपको उपाधिका लागि आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको सेमिफाइनलमा नेपालले उपाधि दाबेदार इरानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २० अंकले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।नेपालले भारतसँग पराजित हुँदै विश्वकप यात्रा सुरू गरेको थियो । नेपाल सोही हारको बदला लिने योजनामा हुनेछ ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस