२०८२ असार २५ गते बुधवार | 2025 July 9th Wednesday

सहकारी ठगी : धरौटीमा मात्र रविको दुई करोड स्वाह, अझै छ दुई अदालत

Rabi Lamichhane's Response After Release 'Justice Is Not Dead in This Country

काठमाडौं । रास्वपा सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा दुई करोड भन्दा बढी धरौटी बुझाउनु परेको छ। रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। मुद्दा ६ माघमा बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको आरोपमा दर्ता भएको थियो।

लामिछानेसहित २२ जना अभियुक्तको नामसमेत उल्लेख गरिएको यस मुद्दामा ५५ करोडभन्दा बढी रकम ठगी भएको दाबी गरिएको छ। लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो पनि दाबी गरिएको छ। यसअघि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी र स्वर्णलक्ष्मी सहकारी प्रकरणमा क्रमशः ६५ लाख र ६० लाख धरौटीमा रिहा गरिएको थियो।

रुपन्देही जिल्ला अदालतको इजलासमा सरकारी वकिलहरूले लामिछानेको थुनामा राखिनु पर्ने दाबी गरे भने, लामिछानेका वकिलहरूले यो राज्यको प्रतिशोध भएको आरोप लगाए। लामिछानेले सहकारीमा रकम तिर्न प्रयोग गरेका चेक र झूठा विवरणका आधारमा सरकारको आरोप पत्रमा उनको संलग्नता प्रमाणित गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस