काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरमाथि बलात्कार मुद्दामा उच्च अदालत पाटनले अनुसन्धान अघि बढाउन आदेश दिएको छ। अदालतले काठमाडौं प्रहरीको तामेलीमा राख्ने निर्णय उल्टाउँदै अनुसन्धान गर्न निर्देशन दिएको हो।
पीडितले २०८० जेठमा बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । तर प्रहरीले यसलाई दर्ता गर्न इन्कार गरेको थियो। उच्च अदालतको आदेशपछि अब अनुसन्धान प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार

