२०८२ असार २९ गते आइतवार | 2025 July 13th Sunday

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । यस बैंकको एक अर्ब रूपैयाँभन्दा बढी निक्षेप हिनामिना भएको प्रकरण बाहिरिएपछि सीआईबीले अनुसन्धान सुरू गरेको हो । नेपाल राष्ट्र बैंकले छानबिनका लागि जाहेरी दिएपछि यसबारे अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

उनले भने, ‘कर्णाली बैंकको निक्षेप हिनामिनाबारे राष्ट्र बैंकले जाहेरी दिएको छ । यसबारे हामीले अनुसन्धान थालेका छौँ ।’

सीआईबीले बैंकका अध्यक्ष राजेन्द्रवीर राय र प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहलाई केन्द्रमा राखेर अनुसन्धान थालिएको छ । राष्ट्र बैंकले तयार पारेको रिपोर्टले निक्षेप हिनामिना भएको देखाएको छ । गत पुस १० गते राष्ट्र बैंकले यस बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापनको जिम्मा लिएको छ । हाल कर्णाली बैंकमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह खटिएका छन् ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस