२०८२ मङ्सिर ३० गते सोमवार | 2025 December 15th Monday

रुपन्देही अदालतबाट बाहिरिदै रविले भने, मेरो भन्नु केही छैन, बेला आएपछि बोल्छु

Rabi Lamichhane's Response After Release 'Justice Is Not Dead in This Country

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका छन् । रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको थियो । न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासले सुप्रिम सहकारी प्रकरणमा उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

सो आदेशलगत्तै रविले बैंक ग्यारेन्टीमार्फत् एक करोड धरौटी बुझाइसकेका छन् । धरौटी बुझाएर निस्कने क्रममा उनले भनेका छन्, ‘मैले भन्नपर्ने कुरा केही छैन । म न्यायालयप्रति आभारी छु । भन्नपर्ने बेला आउँदा भनिहाल्छु । अहिले न्यायालयप्रति आभार व्यक्त गर्न चाहन्छु ’

साथै, उनले देश विदेशबाट आफ्नो न्यायका लागि आवाज उठाउनेलाई धन्यवाद पनि दिएका छन् । ‘देश विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई मेरो धन्यवाद,’ रविले भनेका छन् ।

 

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस