२०८२ असार २५ गते बुधवार | 2025 July 9th Wednesday

मोटरसाइकल दुर्घटनामा घटनास्थलमै हुँदा २ जनाको मृत्यु, मृतक चिन्न सकिएन

www.janaboli.com;

काठमाडौं । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। मोटरसाइकल दुईवटा साना पुलको बीचमा खसेको छ।

 

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस