
काठमाडौं । आजको राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ। बैठक स्थगनको कारण संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने जनाइएको हो। राष्ट्रियसभाको अर्को बैठक आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ।
आजको बैठकमा दुई वटा विधेयक पेस भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ र शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सभासमक्ष पेस गरिन्।
यसअघि सरकार राष्ट्रिय सभामा देखिएको अंकगणितीय जटिलता र जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको छलफल बाँकी रहेको कारण सरकार अध्यादेश पेस गर्ने निर्णयबाट पछि हटेको थियो। प्रतिनिधिसभामा कांग्रेस र एमालेको स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक पक्षमा रहेको कारण सरकारलाई रणनीति पुनर्विचार गर्न बाध्य बनाएको हो।