२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

यी ३ राशिहरूका लागि आउँछ भ्यालेनटाइन डे, गर्छन् साँचो प्रेम

मेष
मेष राशिका व्यक्तिहरु स्थिर छैनन् । यदि यी राशिका मानिसहरु एक जनासँग प्रेममा जोडिएर यता उता अरुको चक्करमा जोडिएनन् भने प्रेम उनीहरूका लागि भाग्यशाली हुन्छ । माया राम्रो रहन्छ।

वृष
वृष राशिका व्यक्तिहरू प्रायः प्रेममा असफल हुन्छन्। अत्यधिक पोजेसिभ हुनका कारण यिनीहरूको प्रेम असफल हुन्छ । प्रेममा कष्ट झेल्नुपर्ने हुन्छ।

मिथुन
मिथुन राशिका व्यक्तिहरूको जीवनमा यदि प्रेम आउँछ भने त्यो उनीहरूका लागि ठूलो तनावको कारण बन्नेछ । कहिलेकाहीं प्रेमको मामलामा यिनीहरू दुविधामा पर्छन् । सही निर्णय लिन सक्दैनन्।

कर्कट
कर्कट राशिका व्यक्तिहरू प्रेमको दुनियाँका सबैभन्दा ठूलो राशि हुन् । तर यीनीहरू प्रेमको मामलामा हतार गर्छन् । जसका कारण उनीहरूलाई समस्या हुन्छ। यदि यिनीहरूले प्रेममा हतारमा निर्णय नलिने हो भने, धेरै राम्रो हुनेछ।

सिंह
सिंह राशिका व्यक्तिहरूका लागि प्रेम कहिलै नमिल्ने नदीका दुई किनारा जस्तो हुन्छ । तर यदि यिनीहरूले प्रेम गरे भने करियरमा सफलता प्राप्त गर्न सक्छन्।

कन्या
कन्या राशिका व्यक्तिहरू धन र स्वार्थका कारण प्रेममा असफल बन्छन् ।

तुला
तुला राशिका व्यक्तिहरू पनि प्रेमको मामलामा चाँडै फस्छन्। प्रायः प्रेमका कारण यिनीहरूले आफ्नो करियरमा समस्या सामना गर्छन् । प्रेमको मामलामा गल्तिपूर्ण निर्णय लिँदा यिनीहरूको करियरमा समस्या पर्छ ।

वृश्चिक
यदि प्रेम विवाह भयो भने चै यो राशिका व्यक्तिहरू जीवनका उतारचढावबाट बच्न सक्छन्। यिनीहरूको जीवन साथीले जीवनका उतारचढावमा साथ दिन्छ ।

धनु
धनु राशिका व्यक्तिहरू प्रेमको मामलामा धेरै शक्तिशाली हुँदैनन् । प्रायः प्रेमलाई अस्वीकार गर्छन्। जीवनमा सही व्यक्ति आएको भए पनि यिनीहरूले उसलाई तिरस्कार गर्छन्, जसका कारण आर्थिक समस्यामा पर्न सक्छन्।

मकर
मकर राशिका व्यक्तिहरू करियरमुखी हुन्छन्। करियर, धन र सम्पत्तिमा अगाडि बढ्न यिनीहरूको उद्देश्य हुन्छ । त्यता ध्यानमा रहँदा प्रेमले यिनीहरूलाई उल्टै नोक्सान पुर्‍याउन सक्छ।

कुम्भ
कुम्भ राशिका व्यक्तिहरू छिटो प्रेममा पर्छन् । प्रायः यिनीहरूले गलत व्यक्तिसँग गलत समयमा प्रेम गर्छन् । जसका कारण यिनीहरूलाई भावनात्मक चोट लाग्न सक्छ।

मीन
मीन राशिका व्यक्तिहरू प्रेममा ईमानदार हुन्छन्। प्रायः यिनीहरूले ईमानदारीसँग प्रेम गरेर जीवनमा अगाडि बढ्छन् । प्रेमले यिनीहरूलाई जीवनको उच्चतम् स्थानमा पुर्याउँछ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस