२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

पोखरामा कसरी जले मेयर र अर्थमन्त्री ?

काठमाडौं । पोखरा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने क्रममा आगलागी हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । बेलुन उडाउने क्रममा अचानक आगलागी हुँदा घाइते उनीहरुको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट हेलिकोप्टरमा उनीहरुलाई काठमाडौं ल्याई भर्ना गरेर उपचार सुरु गरिएको हो । उनीहरु अस्पतालको सघन कक्षमा छन् ।

हाइड्रोजन ग्यास भरिएको बेलुन उडाएर कार्यक्रमको उद्घाटन थियो । जसक्रममा पौडेल र आचार्यले बेलुको डोरी समाएलगत्तै एक्कासी आगोको मुस्लो निस्किएको थियो । घटनाबाट पौडेल र आचार्यको अनुहार लगायतका भाग जलेको हो ।

यो घटनाले हाइड्रोजन ग्यासको प्रयोग र सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ । आयोजकको लापरबाहीका कारण यस्तो भएको जानकारहरुले बताएका छन् । स्टेजमा आगोको स्रोत झिरझिरे प्रयोग भएको थियो । हाइड्रोजन ग्यास हालेर बुलुन फुलाइएको थियो । आगो नजिकै भए हाइड्रोजन ग्यास बल्छ भन्ने सामान्य अक्कल नहुँदा यो घटना भएको छ ।

विदेशमा भिआईपीका सुरक्षाले यस्ता कुरा जाँच गर्ने परम्परा हुन्छ। हाइड्रोजन ग्यास सबैभन्दा हलुका र अति प्रज्वलनशील ग्यास हो । यस्तो प्रज्वलनशील ग्यास भरिएका ६० वटा बेलुनलाई झिरझिरे (स्पार्किंग) संगै प्रयोग गर्दा खतरा हुन्छ भन्ने आयोजकले बुझ्नुपर्ने थियो । बेलुनमा सामान्य ग्यास भरिएको भएपनि उड्ने थिए । हिलियम ग्यास विकल्प थियो । अझ गाडीको टायरमा भर्ने सामान्य हावामात्र भरेको भएपनि हुन्थ्यो । तर हाइड्रोजन ग्यास भरिएका बेलुनको प्रयोग अत्यन्तै घातक हुन्छ । खुला ठाउँमा कार्यक्रम भएको हुँदा जलन कम भयो । बन्द कोठामा यस्तो घटना भएको भए तथा बन्द कोठामा त्यो आगोले अन्य बस्तु उपस्थित समेत जलाएको भए स्थिति अकल्पनीय हुनसक्थ्यो ।’

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस