काठमाडौं । सशस्त्र प्रहरीले चितवनको भरतपुरमा नदीमा हामफालेका एक बृद्धको ज्यान बचाएको छ । शुक्रबार चितवन जिल्ला भरतपुर महानगरपालिका –३ पुलचोक स्थित नारायणी नदिको पुलबाट हामफालेका भरतपुर–२ आँपटारी बस्ने ७९ वर्षिय खिला शर्मा अधिकारीको ज्यान बचाएको हो ।
सशस्त्र प्रहरीको १७ नम्बर गण चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइआरटी) ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार

