२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

चार जिल्लाबाट धरौटीमा छुटे रवि, अब कहाँ बाँकी छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा चार जिल्लाबाट धरौटीमा रिहा भएका छन्। यसअघि कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रवि लामिछानेलाई रिहा गरेको थियो।

त्यसपछि काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख धरौटी लिएर छाडेको थियो। रुपन्देही अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड रुपैयाँ धरौटी माग गरेको थियो।अहिले चितवन जिल्ला अदालतले साहारा चितवन सहकारी ठगी प्रकरणमा ५४ लाख धरौटीमा छाड्ने आदेश दिएको छ।

लामिछानेसहित अन्य १५ जनाविरुद्ध सरकारी वकिल कार्यालय चितवनले सहकारी हिनामिना र संगठित अपराधका आरोपमा मुद्दा दर्ता गरेको छ। अब पर्सा जिल्लाको वीरगन्जस्थित सानोपाइला सहकारीको ठगी प्रकरणमा पनि उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ।

यस बीचमा प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको छ, र वीरगन्जमा बयान लिइएको छ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस