२०८२ बैशाख ९ गते मङ्गलवार | 2025 April 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अलिबाबाले पनि ल्यायो नयाँ एआई च्याटबट, अमेरिकासँग ‘जस्तोसुकै युद्ध’ लड्न तयार भएको चीनको उद्घोष

२२ फागुन, काठमाण्डौँ । चीनको विश्वप्रसिद्ध ईकमर्श प्लेटफर्म अलिबाबा सञ्चालन गर्ने ज्याक मा लामो अन्तराल पछि आफ्ना राष्ट्रपति सी चिनफिङसँग हात मिलाएको तस्वीर केही दिनअघि मात्रै सार्वजनिक भएको थियो ।

त्यसदेखि नै ज्याक मा र अलिबाबाले केही ‘नयाँ’ गर्दै छन् भन्ने अन्दाज सुरु भएको थियो । अब त्यो अन्दाजले पनि पूर्णता पाएको छ । कम्पनी अलिबाबाले बिहीवार ओपनएआई र स्टार्टअप डीपसिक जस्ता प्रतिस्पर्धीहरूलाई पछाडि पार्ने दावी सहित आफ्नो नवीनतम कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेको छ ।

एआई मोडलहरु विकसित गर्ने दौडमा सहभागि भएपछि चीनमा उक्त कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । अलिबाबा र ह्याङ सेङ चाइना एन्टरप्राइजेज इन्डेक्समा पनि उछाल देखिएको छ । अलिबाबाको हङकङमा सूचीकृत शेयर ८ प्रतिशत बढेर बन्द भएको छ ।

अलिबाबाले आफ्नो नयाँ एआई मोडेल ‘क्यूडब्ल्युक्यू – ३२बी’ ले असाधारण प्रदर्शन गर्ने कम्पनीको दाबी छ । अलिबाबाले ओपनएआईको ओ १–मिनी (गत वर्ष सार्वजनिक गरिएको कम लागतमा प्रभावकारी मोडेल) र डीपसिकको ‘आर १’ (सबैभन्दा शक्तिशाली खुला स्रोत मोडेल) सँग प्रतिस्पर्धा गर्न सक्ने भनेर आफ्नो मोडलको प्रचार गरेको छ। समाचारहरुमा जनाइए अनुसार यस मोडेलमा ३२ अर्ब प्यारामिटर छन् । जबकि डीपसिकको ‘आर १’ मा ६७१ अर्ब प्यारामिटर छन् । कम प्यारामिटर भएको मोडेल सानो र प्रशिक्षण दिन सजिलो हुने बताइएको छ।

डीपसिकले जनवरीमा आफ्नो ‘आर १’ मोडेल सार्वजनिक गरेर विश्वलाई चकित पारेको थियो । जसको प्रशिक्षण लागत पश्चिमा प्रतिस्पर्धीहरूभन्दा धेरै कम रहेको थियो। यस सफलताले चीन–अमेरिका प्रविधि युद्ध चलिरहेका समयमा चिनियाँ कम्पनीहरूको नवीन खोज र प्रयोगले विश्वभरका लगानीकर्ताहरूको विश्वास बढाएको छ। सोही कारण संसारभरबाट अटो र प्रविधिमा केन्द्रित हुने सेयर बजारको पैसा चिनियाँ बजारमा जम्मा हुन थालेको छ । फलस्वरुप गत जनवरीयता हाङसेङ चाइना एन्टरप्राइजेज इन्डेक्स ३० प्रतिशतले बढेको छ ।

अलिबाबा एक चिनियाँ इ—कमर्स प्लेटफर्म हो, जसले टाओबाओ र टीमलजस्ता ईकमर्श प्लेटफर्महरु सञ्चालन गर्छ । यो कम्पनीले सन् २०२३ मा ओपनएआईको च्याटजीपीटीको काउन्टरमा ‘तोंगई कियानवेन’ सेवा शुरू गरेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस