२०८२ असार २ गते सोमवार | 2025 June 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२०८१ फागुन २९ गते बिहिबारको राशिफल, भगवानले सबैको कल्याण गरुन् Daily Horoscope of Thursday 13th March 2025

Aajako Rashifal

आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २९ गते बिहिबार, फाल्गुन शुक्लपक्ष चतुर्दशी), Daily Horoscope of Thursday 13th March 2025

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । नियमित खर्च बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । टाढाको यात्रा फलदायी हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । पढाइमा प्रगति हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कारोबारबाट बढी फाइदा लिने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा समय केन्द्रित हुनेछ । प्रेम जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । शत्रुहरू पराजित हुनेछन् । समाजसेवाका कामबाट लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । व्यवहारिक काममा यात्रा गर्नुपर्ने हुन सक्छ। गरिरहेको काममा कडा मेहेनत गर्नुपर्नेछ भने नयाँ काम र लगानीको लागि उचित समय रहेको छैन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुन सुरु हुन सक्छन् ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस