२०८२ असार ३ गते मङ्गलवार | 2025 June 17th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा होलीका दिन ३ महिलासहित ५५ जना पक्राउ

काठमाडौं । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५५ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रहरीका अनुसार, चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका ८ जना छन्।

प्रहरीले पक्राउ परेकाको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने निर्णय गर्ने बताएको छ। काठमाडौँबाट मात्र २१९ सवारी साधन नियन्त्रणमा लिइएको छ, जसमा चार पाङ्ग्रे १८ र दुई पाङ्ग्रे २०१ छन्। बिहीबार साँझसम्म १२९ सवारी साधन छाडिएको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस