२०८२ जेष्ठ ९ गते बिहिवार | 2025 May 22nd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डेढ महिनादेखि लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी अब सम्पर्कमा आए

काठमाडौं । लन्डनबाट बेपत्ता भएका नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आएका छन्। २३ वर्षीय अधिकारी, जो फेब्रुअरी २ देखि सम्पर्कविहीन थिए, सकुशल फेला परेका हुन्। लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीका अनुसार, अधिकारी इष्ट लन्डनस्थित एक होमलेस सेल्टरमा बसिरहेका थिए।

दूतावासले नेपालस्थित अधिकारीका परिवारलाई खबर गरेका छन् र उहाँको नेपाल फर्कने प्रक्रिया सुरु भएको छ। कमलले पनि नेपाल फर्कने इच्छा देखाएका छन्। उहाँको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको र पासपोर्ट बेलायतको होमअफिसमा रहेको दूतावासले जनाएको छ।

कमललाई घरबेटीले निकालिदिएपछि सडकमा पुग्नुपरेको थियो, र त्यसपछि सम्पर्कविहीन भएका थिए। उहाँको परिवारले परराष्ट्र मन्त्रालयमा निवेदन दिएपछि दूतावासले खोजी सुरु गरेको थियो। कमल २०२२ मा अध्ययनका लागि बेलायत आएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस