
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले होली पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फागु पूर्णिमा वसन्त ऋतुको पुनर्जागरणको रूपमा मनाइने उल्लेख गर्दै हर्ष र उमङ्गको पर्व भएको बताएका छन्।
उनले होलीलाई वसन्तोत्सव र मदनोत्सवको रूपमा परिभाषित गर्दै वेदमा चन्द्रमालाई मनका देवता मानिएको उल्लेख गरे। उनका अनुसार, यस ऋतुमा प्रकृति र पुरुष तत्व जागृत भई सृष्टि सहज भएको मानिन्छ। वसन्त ऋतुमा फुल्ने फूल, चिरबिर गर्ने चराचुरुंगी र उत्साहले भरिएको वातावरणले होली पर्वलाई झनै उल्लासमय बनाउने उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।